लोप हुँदै गइरहेको माटोकाे भाँडा बनाउने पेशालाई बचाउँछौ : अध्यक्ष आले



लोप हुँदै गइरहेको माटोकाे भाँडा बनाउने पेशालाई बचाउँछौ : अध्यक्ष आले

गढवा २६ भदाै । लोप हुँदै गइरहेको माटोकाे भाँडा बनाउने पेशालाई बचाउन आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष बिरबहादुर आले मगरले बताएका छन्।

आइतबार गढवा – ६ को कुमाल टोलमा माटोको भाँडा पोल्ने आधुनिक भट्टा उद्घाटन गर्दै वडाध्यक्ष आलेले यस्तो बताएका हुन् । कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्षको सभापतित्व तथा वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगर प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष आलेले पहिलेको भट्टीलाई सुधारेर आधुनिकीकरण गर्दै उत्पादनमा बढावा दिन आवश्यक रहेको बताए।

अधुनिकिकरणले समय र स्रोत साधनको कम उपयोग हुने कम समयमा धेरै माटाका भाँडा निर्माण गर्न सहयोग पुग्ने भन्दै आगामी दिनमा यस्लाई अझ व्यवस्थित बनाउन वडाले सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गरे । पहिले भन्दा धेरै अधुनिकिकरण भएको तर पनि अझै अपुग रहेको भन्दै पुर्ण आधुनिकीकरण गर्न वडाले बिशेष पहल गर्ने र चाहिने सहयोग गर्ने बताए । माटो भाँडा निर्माणमा देखिएको मुख्य समस्या दाउरा र माटोको भएको भन्दै त्यसलाई सहज गर्न वडाले पुर्ण सहयोग गर्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्ष रमा चौधरीले प्लास्टिक सामानको प्रयोगले माटोको भाँडा प्रयोगमा कमि आएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् ।

कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएकोले यसलाई बचाउन आवश्यक रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्न अनुरोध गरिन् । दुध दही र अन्य खानेकुरा माटोको प्रयोगले स्वास्थ्यको लागी राम्रो भएको भन्दै यसको प्रचार प्रसार का लागी सबैलाई अनुरोध समेत गरिन् । माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको कोषाध्यक्ष चौधरीले बताइन्।

स्वच्छ व्यवसायी समूह नेपालको सहयोगमा ९० दिने माटोको भाँडा डा बनाउने तालिम सम्पन्न भएको जानकारी गराउँदै यसबाट माटोको भाँडाको मजबुती र सुन्दरतामा बृद्धि भएको जानकारी दिइन् । भाँडा बनाउने पेशाबाट नै कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रुपमा माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको थियो । पछिल्ला समयमा माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको कुमाल माटोको भाँडा बनाउने समूहकी सदस्य सविता चौधरीले बताइन्।

कार्यक्रममा वडा नम्बर – ६ की वडासदस्य मानु कुमाल, सब वन डिभिजनका कार्यालय गढवाका प्रतिनिधि नविन पुन, स्वानका दाङ संयोजक रेमन्त चौधरी लगायतकाले बाेलेका थिए । सबिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वच्छ व्यवसायी संघ उद्धम बिकास सहजकर्ता राजेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे