एमाले जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचनमा जान्छ : महासचिव पोखरेल



एमाले जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचनमा जान्छ : महासचिव पोखरेल

दाङ २६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले जनसरोकारका विशेष तः चारवटा मुद्दा हुने र ती मुद्दा लिएर एमाले आउने मंसिर ४ को निर्वाचनमा जाने बताए ।

उनको भनाईमा पहिलो मुद्दा स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको प्रश्न हो । त्यसपछि विकास र समृद्धिका मुद्धा, तोस्रोमा सामाजिक सुरक्षासहित लोक कल्यानकारी राज्य निर्माण र चौथोमा अब नेपाललाई कुन बाटो अगाडि बढाउने भन्ने मुद्दा रहेको पोखरेलको भनाई छ ।

यी चार मुद्दामा एमालेले अन्य पार्टी भन्दा अग्रनी भूमिका खेलेको उनले बताए । जसले गर्दा जनताले एमालेलाई भोट दिने उहाँको जिकिर छ । पहिलो मुद्दामा एमालेले नेपालमा जातीय राज्य स्थापना गर्न नदिएको, नाकाबन्दीको सामना गरेको र नेपालको गुमेको भू–भाग नक्सामा समावेश गर्न संविधान नै संशोधन एमालेले गरेको उनले बताए ।

यस्तै दोस्रोमा समृद्धि जमिनबाट मात्र होइन, आकाश र समुद्र पनि हो भन्ने कुरालाई स्थापित गर्न, सामाजिक सुरक्षा अन्तरगत बृद्धाभत्तादेखि रोजगारसम्मको कुराको व्यवस्था एमालेले गरेको पोखरेलको भनाई छ । उनले एमाले अन्य पार्टी भन्दा एमाले एकताबद्ध र स्पष्ट रुपमा अगाडि बढेको बताए ।

साथै पोखरेलले आउने मंसिर ४ गतेको निर्वाचन यथास्थितिवादी र परिवर्तनवादी शक्तिबीच हुनेपनि बताए । त्यसमा यथास्थितिवादीमा गठबन्धन दलहरु र एमाले भने परिवर्तनकारी शक्ति रहेको उनको जिकिर छ । काँग्रेसले नीतिगत शक्ति गुमाएर अन्य साना दलसँग गठबन्धन गरेको पनि पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे