दाङको देउखुरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु



दाङको देउखुरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

दाङ २४ भदाै । दाङमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नं. ५ महतिनिखोलाका ११ वर्षिया सानुमाया विकको सर्पको टोकाईबाट मृत्यु भएको हो । 

बालिकालाई गएराती घरमै सुतिरहेको समयमा औलामा टोकेको हो । सर्पले टोकेपछि  उपचारको लागि लमही ल्याउदै गर्दा बालिकाको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । बालिकाको शवलाई लमही अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे