आज हल्का देखि मध्यम वर्षाको सम्भावना



आज हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाण्डाै २३ भदाै । वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले पानी रोकिएको छ तर मौसम बदली छ ।

केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली भइ प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए ।

यस्तै, आज राति भने प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसमविद् बासीका अनुसार तत्काललाई लगातार झरी पर्ने सम्भावना छैन । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे