राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मनाए निजामती कर्मचारी दिवस



राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मनाए निजामती कर्मचारी दिवस

भालुवाङ २२ भदाै । दाङको राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरूले बुधबार १९ औं निजामती कर्मचारी दिवस मनाएका छन् ।

व्यबसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा रहेका रहेका बेसहारा सडक सहयाेगापेक्षी बुवाआमा दाजुभाइ दिदीबहिनीहरूलाई फलफुल बितरण तथा उनीहरूकाे जीवन निर्वाहका लागि सहयाेगार्थ नगद १७ हजार २ सय १० रूपैयाँ सहयोग समेत गरेका छन् । भने गाउँपालिकाको परिसरमा विभिन्न प्रजातीको बिरुवा समेत रोपेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले कर्मचारीहरूले जनतालाई पहिलो प्राथमिकतामा राखेर सेवाभावले काम गर्नुपर्ने बताए । साथै  उनले कर्मचारी र जनप्रतिनिधि बीच नङ र मासुको सम्बन्ध हुन आवश्यक रहेको बताएका थिए ।

पशु विकास अधिकृत जिवराज पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चाैधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । २०७६ सालमा स्थापना भएकाे निलसागर आश्रममा सडक सयाेगापेक्षी मानबलाई उद्दार गरि आश्रय दिने गरिएकाे छ, हाल उक्त आश्रममा ३० जना सहयाेगापेक्षी मानबहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे