‘कमल थापाको पार्टीका कारण मतपत्र छाप्न ढिलाइ’



‘कमल थापाको पार्टीका कारण मतपत्र छाप्न ढिलाइ’

भदौ २१ दाङ/ कमल थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिह्नको टुंगो नलाग्दा आसन्न निर्वाचनको मतपत्र छपाइमा ढिलाइ भएको छ । निर्वाचन आयोगका एक अधिकारीका अनुसार समानुतिकतर्फको मतपत्र छपाइमा ढिलाइ भएको हो । प्रत्यक्षतर्फको मतपत्र भने उमेदवारको टुंगो लागिसकेपछि मात्रै छाप्न सुरु गरिने आयोगले जनाएको छ ।

थापाको रिटमा अहिले सुनुवाइ जारी छ । आज फैसला भए मतपत्र छपाइमा सहज हुने आयोगका ती अधिकारीले बताए । “गाई चिह्न पाउनुपर्ने भन्दै थापाले दिएको रिटको फैसला नहुँदा समानुपातिकतर्फको मतपत्र छपाइमा ढिलाइ भएको छ,” स्रोतले भन्यो, “आज सुनुवाइ हुँदैछ । त्यसपछि केही होला ।”

थापाले गाई चिह्न पाउनुपर्ने भन्दै ०७९ असार ३० गते सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले साउन ८ गते गाई चिह्न अरु कसैलाई नदिन भन्दै अन्तरिम आदेश दिएको थियो । त्यसपछि दुई पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो । चुनाव चिह्नको रिटमा फैसला नहुँदै मतपत्र नछाप्न भन्दै पुनः अर्को रिट दायर भएको थियो । त्यसमा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे