देउखुरीमा गुडिरहेको अटोमा आगलागी, २ लाख बढीको क्षती



देउखुरीमा गुडिरहेको अटोमा आगलागी, २ लाख बढीको क्षती

भालुवाङ २१ भदाै । दाङको देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो ।

भालुवाङ- प्युठान सडक खण्डको राप्ती गाउँपालिका- १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी हुँदा अटो जलेर खरानी भएको छ ।
भने २ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

शान्तिपुर देखि भालुवाङ तर्फ आइरहेको समयमा उक्त अटोमा आगलागी भएको हो । अटोमा चालक मात्र भएको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे