मतदानस्थलको सङ्ख्या बढ्यो, भाेट हाल्नकै लागि वास बस्न जानु नपर्ने आयोगको दाबी



मतदानस्थलको सङ्ख्या बढ्यो, भाेट हाल्नकै लागि वास बस्न जानु नपर्ने आयोगको दाबी

काठमाण्डाै २० भदाै । आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगले मतदानस्थलको सङ्ख्या बढाएको छ । यसअगाडि जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेकोमा अहिले बढाएर १० हजार आठ सय ८८ वटा पुर्‍याएकाे हो ।

यस्तै मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक वटा मतदानस्थललाई हटाइ नयाँ मतदानस्थल निर्धारण गरिएको छ । जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ वटा मतदान स्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ वटा मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ वटा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।

यस्तै एक सय ६३ वटा मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ वटा मतदानस्थल निर्धारण गरिनुका साथै २८ वटा मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ वटा मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदानस्थलमा गाभिएको आयोगले जनाएको छ ।

मतदानस्थल पुनरावलोकन भएपछि पालिका चुनावमा मतदान गर्नका लागि वास बस्नुपर्ने, निकै टाढा जानुपर्ने लगायतका गुनासो सम्बोधन हुने अपेक्षा रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे