माओवादीबाटै सबैको अधिकार सुरक्षित – महरा



माओवादीबाटै सबैको अधिकार सुरक्षित – महरा

भदाै १८  दाङ – पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले माओवादीले जन अधिकार प्राप्त गर्न निरन्तर लागि रहनु पर्ने बताएका छन । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले दाङको भालुवांगमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महराले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समुदायगत सहभागितामा जोड दिने कार्यकर्तालाई सुझाव दिए ।

उनले आदीवासी जनजातीको हक अधिकारको लागि लामो समय संघर्ष गरेको स्मरण गर्दै जनयुद्धकै कारण यी उपलव्धी सफल भएकोदावी पनि गरे । उनले भने, जनयुद्धकै कारण सिमान्तकृत समुदाय अधिकार प्राप्त गर्ने धेरै हदसम्म सफल भएका छन्, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, थप अधिकारको लागि संघर्ष आवश्यक छ ।

यस्तै पुर्व कृषि मंत्री तथा बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य जोखबहादुर महरा, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर), दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे