तुलसीपुरमा कांग्रेस पार्टी परित्याग गरेर एमालेमा प्रवेश



तुलसीपुरमा कांग्रेस पार्टी परित्याग गरेर एमालेमा प्रवेश

तुलसीपुर  १८ साउन । तुलसीपुरमा कांग्रेसका क्रियाशिल सदस्य एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले तुलसीपुरले बुधवार तुलसीपुर दोघरेको सभाहलमा आयोजना गरेको पाटी प्रशिक्षण कार्यक्रमको अवसरमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा तुलसीपुर ४ निवासी दिलमाया परियार, दिनानाथ नेपाली र प्रेम बहादुर कुवँर रहेका छन् ।नवप्रवेशीहरुलाई एमालेका केन्द्रिय सदस्यहरु नरुलाल चौधरी, घनश्याम पाण्डे, कोमल वलीले टीका लगाएर स्वागत गरेकी हुन् ।

एमालेमा प्रवेश गर्दै महिला नेतृ दिलमाया परियारले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएको १६ वर्ष पछि पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताइन्। जनभावना बुझने पाटी एमाले भएकाले आफुहरु पाटी प्रवेश गरेको उनीहरुको भनाई छ । कांग्रेस पाटी भित्र व्यक्तिवादी, पुजीवादी , नातावाद र कृपावादको विकास हुर्दै गएको बताउदै उनीहरुले त्यो प्रबृत्ती आफुहरुलाई मन नपरेको बताएका छन् ।

एमालेमा प्रवेश गरेकी परियारले तत्कालिन हलवार गाविस स्तरिय दलित संजालको कोषाध्यक्ष, उपाध्यक्ष भएर काम गरेका थिए। तुलसीपुर ४ मा उनीहरु एमालेमा प्रवेश गरेसंगै वडामा संगठन थप बलियो भएको वडा ईन्चार्ज बालकृष्ण राना (धुव्र)ले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे