मंसिर ४ गते चुनाव गर्न सत्तारूढ गठबन्धन सहमत



मंसिर ४ गते चुनाव गर्न सत्तारूढ गठबन्धन सहमत

काठमाण्डाै १८ साउन । सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने सहमति गरेको छ । बुधवार बालुवाटारमा भएकाे गठबन्धनको बैठकमा मङ्सिर ४ गते चुनाव गर्ने सहमति भएको हो ।

अब सरकारले औपचारिक रूपमा चुनावको मिति घोषणा गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । यस्तै गठबन्धनको अर्को बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाएको छ । गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारूढ दलहरूको बैठक शुक्रवार बिहान साढे ९ बजे बस्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बुधवारको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका  । बैठकमा नेताहरूबीच देशको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे