‘बेढी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा १० कराेड ३३ लाख रुपैयाँ भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा



‘बेढी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा १० कराेड ३३ लाख रुपैयाँ भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा

काठमाण्डाै १८ साउन । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेस प्रदेशकाे मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको निष्कर्ष निकाल्दै १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

आयाेगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सीडीई, सह–लेखापाल सहित १० जनाविरुद्ध बुधवार विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेकाे हाे । मुद्दा दायर गरिएकामा ओम सत्य साई प्रालि वीरगन्जकी म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारी र सदस्य पनि छन् ।

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएकाे, साइकलको कम्पनी नखुलाइ साइकल किनेर तीन महिनादेखि गोदाममा राखिएको भनेर उजुरी परेकाे थियाे । त्यस निवेदन सम्बन्धमा अनुसन्धान गर्दा भ्रष्टाचार भएकाे देखिएकाे आयाेगले जनाएकाे छ ।

अख्तियारले तत्कालीन प्रदेश सचिव भुसाल र सीडीई भगवान् झामाथि समान १० करोड ३३ लाख सात सय ५८ रुपैयाँ बिगोसहित कैद सजाय माग गरेकाे छ । यस्तै सह–लेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दासमाथि पनि कैद सजाय र जरिबाना माग दाबी गरिएकाे छ । अख्तियारले ओम सत्य साईकी अग्रवालमाथि पनि १० करोड ३३ लाख सात सय ५८ रुपैयाँ मागदाबी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे