दाङमा मृत अवस्थामा फेला परेको शवको पहिचान खुल्यो



दाङमा मृत अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

दाङ १७ साउन । दाङमा मृत अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

लमही नगरपालिका वडा नम्बर २ डोडही निवासी ५०/५५ वर्षका रेशम पाैडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मंगलबार बिहान ६ बजे घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित अटो भिलेज जाने बाटो छेउमा पाैडेलको शव फेला परेको थियो ।

मृत अवस्थामा फेला परेका पाैडेलको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो । पाैडेलको शवलाई मंगलबार साझ प्रहरीले परिवारको जिम्मा लगाएको थियो । उनी मानसिक रोगी पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे