दाङमा ८ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



दाङमा ८ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

दाङ १८ साउन । दाङमा ८ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो शान्तिनगर गाउँपालिका–५ निवासी ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ निवासी अन्दाजी २८/२९ वर्षिय चमन विक रहेका छन् । विकलाई तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसीरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको हो ।

बिकले बालिकालाई उनको घरदेखि एक सय मिटर पर मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ । बालिकाको अवस्था भने सामान्य रहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे