नेपालमा पछिल्लाे २४ घण्टामा ८१४ जनामा काेराेना सङ्क्रमण पुष्टि



नेपालमा पछिल्लाे २४ घण्टामा ८१४ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाण्डाै १७ साउन । नेपालमा पछिल्लाे २४ घण्टामा आठ सय १४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच हजार नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

२४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय १५ जनाकाे नमुना परीक्षण भएकाे थियाे । थप आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय ४४ जना पुगेको हाे ।

पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निकै धेरै हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । २४ घण्टामा जम्मा दुई सय ९९ जना मात्रै निको भएका छन् ।

यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप ११ हजार पाँच सय १३ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे