राप्ती गाउँपालिकाको बाहुनेपाटामा करेन्ट लाग्दा श्रीमान- श्रीमतीको मृत्यु



राप्ती गाउँपालिकाको बाहुनेपाटामा करेन्ट लाग्दा श्रीमान- श्रीमतीको मृत्यु

भालुवाङ १६ साउन । दाङको देउखुरीमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिव २:३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छिन् । घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् । घर भित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुदा करेन्ट लागेको थियो ।

करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काचो लठ्ठीले तारलाई हिर्काउदा तार चुडिएर उनको शरिरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटना स्थलमा मृत्यु हुन पुगेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी ( अनुप) ले जानकारी दिएका छन् ।

मृतक बासु र हिमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे