पछिल्लो २४ घण्टामा नेपालमा एकै दिन थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा एकै दिन थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं १५ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४६ जनाको परीक्षणमा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ६ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार १ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ४ हजार ४ सय २४ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् । यस्तै पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे