दाङको टरिगाउँ एयरपोर्टमा रहेको हवाई इन्धन डिपोको गेटमा ताला



दाङको टरिगाउँ एयरपोर्टमा रहेको हवाई इन्धन डिपोको गेटमा ताला

तुलसीपुर १५ साउन । दाङको टरिगाउँ एयरपोर्टमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ । २ महिना अघि टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेका बेला दुई वटा गेटमा ताला लगाईएको हो ।

जहाजमा तेल भर्नका लागि गएको जेठ १२ गते ११ हजार लिटर क्षेमताको बाउजर ल्याइएको थियो । बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी र तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले संयुक्त रुपमा ताला लगाए ।

विभिन्न संघर्ष र आन्दोलनबाट बल्लतल्ल संचालनमा आएको एयरपोर्टलाई विस्थापित गर्न योजनावद्ध ढंगले बाउजर लग्न खोजिएको भन्दै नेपाल आयल निगम तुलसीपुर मार्फत तुलसीपुर उद्योग बाणिज्य संघले सरोकारवालना निकायको ध्यानकर्षणपत्र समेत बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा बाउजर मेसिनलाई यथाबत यही राख्न अनुरोध गर्दै यदि दाङबासीको आग्रहलाई वेवास्ता गरे शसक्त आन्दोलनका कार्यक्रम सहित चरणवद्ध बिरोधका कार्यक्रमहरु संचालन गर्ने चेतावनी दिइएको छ ।

तुलसीपुर डिपो मार्फत नेपाल आयल निगम केन्द्रिय कार्यालय काठमाण्डौ, क्षेत्रिय कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङ, तुलसीपुर उपमहानगरपालिका र नेपाल उद्योगबाणिज्य संघलाई समेत पत्र पठाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे