कपडा तथा सिलाई व्यवसायी संघ राप्ती गाउँपालिका अध्यक्षमा : लिलाधर दमाई



कपडा तथा सिलाई व्यवसायी संघ राप्ती गाउँपालिका अध्यक्षमा : लिलाधर दमाई

लालमटिया १५ साउन । दाङको राप्ती गाउँपालिका मसुरीयामा शनिबार कपडा तथा सिलाई व्यवसायी संघको गाउँपालिका स्तरीय समिति गठन गरिएको छ ।

संघका अध्यक्ष ठगेन्द्र परियारको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यता तथा कपडा तथा सिलाई व्यवसायी संघका प्रदेश सदस्य सुरेन्द्र परियारको विष्ठिट आतिथ्यमा समिति गठन गरिएको हो ।

भेलाले लिलाधर दमाईको अध्यक्षतामा १५ सदस्यीय व्यवसायी संघ गठन गरिएको छ ।
नव गठित संघको उपाध्यक्षमा राधा कुमारी चौधरी, सचिवमा रामबहादुर परियार, सहसचिवमा उसा बुढा र कोषाध्यषमा डिलबहादुर परियार रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा सरस्वती चौधरी, विनिता चौधरी , तारा परियार, मधुसुधन परियार, चन्द्रमणी परियार, करुणा परियार, भागवती चौधरी, रेस्मी परियार, मोहन परियार सिर्जना पुन रहेका छन् । त्यस्तै सल्लाहकारहरु पनि चयन गरेको छ । कार्यक्रमको सञ्चालन व्यवसायी संघका सचिव रामबहादुर परियारले गरेका थिए । यो समाचार प्रशिक्षार्थी पत्रकार लालमणी भुसालले समाचार पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे