रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण



रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण

काठमाण्डाै ११ साउन ।  रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ ।

देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ ।

ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक हप्ता पनि नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको हो ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहोर्याउनु भएको छ । तर उहाँले युक्रेनका सहयोगी पश्चिमा देशले त्यो नचाहेकोे दाबी समेत गरेको समाचार संस्था एएफपीले जनाएको छ । रूसी विदेशमन्त्री लाभरोभ युगान्डा भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे