निवर्तमान अर्थमन्त्रीद्वारा कोइलाबास नाकाको निरीक्षण



निवर्तमान अर्थमन्त्रीद्वारा कोइलाबास नाकाको निरीक्षण

लमही ११ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकार)ले पश्चिम नेपालको पुराना नाका कोइलावास भन्सार कार्यालय र कोइलाबास नाकाको स्थलगत अवलोकन गरेका छन् ।

कोइलाबास नाका संचालनको लागि दुइ पक्षीय देशविच सहमति हुनुपर्ने त्यसको लागि प्रयास भइरहेको उनको भनाइ थियो । यो नाका पूर्णरुपमा संचालनमा आउन जरुरी छ । त्यसको लागि मैले पनि पहल थालेको छु, उनले भने । कोइलाबास क्षेत्रको उत्तर तर्फको जंगली क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । भारतीय पर्यटकलाई आकर्षण गर्नको लागि यि पहाडमा सेवा सुविधा सहित पार्क निर्माण गर्नुपर्छ, उनले भने ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य निर्मल आचार्य, हेमराज शर्मा (डायमण्ड), नारायणी शर्मा (प्रतिक्षा), दाङ जिल्ला सचिव विश्वराज आचार्य, लमही नगरपालिकाका इञ्चार्ज बसन्तराज शर्मा (विक्रान्त) गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास), गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्धिकी, लगायतको सहभागिता रहेको थियो ।

यस्तै निवर्तमान अर्थमन्त्री जर्नादन शर्मासंग गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल विश्वास र गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विरवहादुर आलेले गढवा गाउँपालिका वडा नं ६ को मनिकापुर देखी गढवा जोड्नको लागि पुलको आवश्यकता रहेको भन्दै पहल गरिदिन आग्रह गनर््ुभएको थियो । निवर्तमान अर्थमन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) की नेतृ लमही नगरपालिका वडा नम्बर ५ निवासी द्रोपदा पौडेलको निधनमा श्रदाञ्जली ब्यक्त गर्न र परिवारमा समवेदना प्रकट गर्न लमही आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे