साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै



साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाण्डाै ११ साउन । साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । सोमवार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो ।

पहिलो खेलमा श्रीलङ्का बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले तेस्रो खेल भारतसँग आउँदो आइतवार र अन्तिम खेल बङ्लादेशसँग मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को शुक्रवार खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे