गोरखा आइडियल स्कुलका १२ जना विद्यार्थीद्वारा तयार पारिएको बाल कथा पुस्तकको विमोचन



गोरखा आइडियल स्कुलका १२ जना विद्यार्थीद्वारा तयार पारिएको बाल कथा पुस्तकको विमोचन

लालमटिया ६ साउन । गोरखा आइडियल स्कुल राप्ती गाउँपालिका २ लालमटियाका १२ जना विद्यार्थीद्वारा तयारी पारिएको बाल कथा पुस्तक भाग १ को विमोचन गरिएको छ ।

पुस्तकको विमोचन प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष, वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्मा र राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी (अनुप) ले गरेका थिए । 

४६ पृष्ठको सो पुस्तक गत २०७८ चैत्र १४ र १५ गते वरिष्ठ बालसाहित्यकार विजयराज आचार्यले कक्षा ७ र ८ हाल ८ र ९ कक्षाका विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । त्यस पश्चात् ती १२ जना विद्यार्थीले सो पुस्तक तयार पारेका हुन् ।

सो कार्यशालामा लेखिएका मध्ये उत्कृष्ट १२ वटा कथालाई गोरखा आइडियलका कथाहरु भाग १ भनेर प्रकाशित गरिएको छ । पुस्तकको विषयसुची भित्र पश्चाताप र विजययात्रा शिर्षकमा एलिसा कुमाल, खराब सङ्गत  शिर्षकमा अनमोल थापा, सोनुको कथा वर्षा पोख्रेल, रुपमायाको रोग भविष्य पुन मगर, समाजको सोच कृपा भण्डारी, एउटा अचम्मको सपना प्रिन्स बोहरा, राष्ट्रभक्ती सुशान अधिकारी, दुई मुसा रोशनी खड्का, सिताको चाहना सृजना रखाल मगर, मेहनती छोरा सञ्जीता झाक्री मगर , एलिना रेचन रायमाझी र सागरको गल्ती समीक्षा परियारले कथा लेखेका छन् ।

कार्यक्रममा पुस्तक विमोचन गर्दै  प्रेस काउन्सिल नेपालका पुर्वअध्यक्ष शर्माले यस विद्यालयका विद्यार्थीहरू ध्यान दिएर बस्न सक्ने क्षमता अन्त कुनै विद्यालयमा आफुले नदेखेको बताए । साथै उनले साना साना नानुबाबुहरूको क्षमता देखेकोमा खुसी समेत व्यक्त गरेका थिए ।

स्कुलका प्रिन्सिपल बसन्तबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकको समिक्षा भानु जिएम गरेका थिए भने  बिश्वराज आचार्य मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दुर्गा भुसाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे