दाङमा ४९० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ



दाङमा ४९० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ

दाङ ६ साउन । तुलसीपुर प्रहरीले ४९० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका ६ बजेतिर तुलसीपुर ६ शिव शिखरकोलिनी टोलबाट ४९० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा तुलसीपुर ६ ज्ञानज्योती टोल बस्ने २१ वर्षिय अर्जुन नेपाली, सोही वडा सुकौरा रोड बस्ने २५ वर्षिय सागर गन्धर्ब, तुलसीपुर ५ बस्ने २३ वर्षिय सन्तोष विक र सोही वडा बसपार्क बस्ने २५ वर्षिय निर्मल घर्ती रहेका छन् ।

डिएसपी अर्यालका अनुसार नेपालीको साथबाट १ पुडिया, गन्धर्बको साथबाट ६ पुडिया, बिकको साथबाट २ पुडिया र घर्तिको साथबाट १ पुडिया गरी जम्मा १० पुडिया पलाष्टिकसहित तौल गर्दा ७३० मिलीग्राम र पलाष्टिक हटाई तौल गर्दा ४९० मिलीग्राम लागुऔषध ब्राउन सुगर र नगद २३ हजार रुपैंया बरामद गरेको छ ।

इलाका प्रहरी कार्यलायबाट प्रहरी निरिक्षक बखत बहादुर शाहीको नेतृत्वमा ८ जनाको टोलीले तुलसीपुर ६ शिव शिखरकोलिनी टोलस्थित ब्राउन सुगरको विक्री वितरण भैरहेकोे गोप्य सूचनाको आधारमा खटि गई उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले चारै जनालाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे