राजमो दाङले साउन १५ गते देखि संगठन सुदृढीकरण तथा बिस्तार अभियान सञ्चालन  गर्ने



राजमो दाङले साउन १५ गते देखि संगठन सुदृढीकरण तथा बिस्तार अभियान सञ्चालन  गर्ने

दाङ ६ साउन । राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति दाङ देउखुरीले  साउन १५ देखि असोज मसन्ता सम्म  संघीयताको खारेजी र राष्ट्रियताको रक्षा को लागि संगठन सुदृढ तथा बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बिहीबार घोराहीमा बसेको बैठकले सो निर्णय गरेको हो । पार्टीले बिगत लामो समय देखि संघीयताको बिरोध गर्दै आइरहेको र अहिले आम जनताले पार्टीको धारणा  बुझ्दै गएको सन्दर्भमा एमसिसी, एसपिपी र  नागरिकता विधयक  लगायतका राष्ट्रघाती कदमले राष्ट्रियता कमजोर बन्दै गएकोले सो निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै बैठकले उक्त अभियान अन्तर्गत साउन मसन्त भित्र सबै पालिकाको बैठक बस्ने, भाद्र १ देखि १५ गते सम्म जिल्लाका सबै वडा समितिको बैठक बस्ने, भाद्र १६ देखि मसन्त सम्म सम्पुर्ण टोलहरुको भेला गरि समिती बनाउने  र असोज महिना भरी जनभेटघाट कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै ब‌ैठकले बर्षाको मौसम सुरु भएकोले विभिन्न प्राकृतिक प्रकोपहरु हुन सक्ने कुरालाई ध्यानमा राखी सतर्क हुन जिल्लाबासीलाई  अपिल गर्नुका साथै त्यस्ता प्रकोपका बेलामा उद्दारमा खटिन सम्पुर्ण कार्यकर्तालाई  निर्देशन दिने निर्णय समेत गरेको छ ।

बैठकले दैनिक उपभोग्य बस्तुमा भएको मूल्य वृद्धि फिर्ता गर्न र रासायनिक मलको तत्काल ब्यबस्था गर्न माग गर्ने, साबिक बेला र राजपुरको ठूलो भुभागको सिंचाई हुने गरि दंगाली छाप सिंचाई कुलो योजना अगाडी बढाउन पार्टीले पहल लिने निर्णय गरेको छ ।

त्यस्तै पार्टी बिरोधी गतिविधिमा लागेका कारण जिल्ला सदस्य तुलबहादुर योगी, सारदा चौधरी र डिलाराम बुढाथोकीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गर्नुका साथै रिक्त रहेका जिल्ला समिति सदस्यहरुमा बिरबहादुर चौधरी , दुर्गाप्रसाद भण्डारी, चम्फा भुसाल र सीता पौडेललाई पदपूर्ति गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे