राप्ती प्राविधिक शिक्षालय साउन महिना भित्र सार्ने गरि सम्झौता पत्रमा हस्ताक्षर
भालुवाङ ३ साउन । संघीय सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङ देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई भोगचलनका लागि दिने निर्णय स्वीकृत भएको छ ।
स्थायी राजधानी घोषणा गरिए पनि पूर्वाधार नभएका कारण मन्त्रालय सार्न ढिलाइ भइरहेको समयमा यो निर्णयसँगै अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालय अब छिट्टै दाङ सर्ने भएका छन्। प्रदेश सरकारले तत्काल मन्त्रालय दाङमा सार्ने गृहकार्य सुरु गरेको छ ।
प्रदेश स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि अर्थात २०७७ असोज २० गते प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यका कायम भएको थियो । करिव २ बर्ष पश्चात् प्रदेश राजधानी सार्ने तयारिमा जुटिरहेको लुम्बिनी प्रदेश सरकार राप्ती प्राविधिक शिक्षालय स्थानन्तरण गर्ने दौडमा थियो ।
अन्नत गढवा गाउँपलिकामा सार्ने गरि सघिय सरकारबाट स्वीकृत ल्याई काम अघि बढाएको छ । राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न र शिक्षालयको लागी उपयुक्त स्थान गढवा गाउँपालिकामा स्थित सरस्वती माध्यमिक बिद्यालय भएको कारण प्राविधिक शिक्षालय उक्त स्थानमा सारिएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले बताएका छन् ।
संघिय सरकारको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट मन्त्रीस्तरको निर्णय अनुसार २०७९ असार २१ जग्गा उपभोग गर्न पाउने स्वीकृती दिएको छ । त्यसैअनुसार राप्ती गाउँपालिक ३ मा रहेको राप्ती प्राविधिक शिक्षालय र गढवा गाउँपालिका ३ स्थित सरस्वती माध्यमिक बिद्यालय गोवरडिया बिच २०७९ साउन ३ गते सम्झौत भएको छ ।
सम्झौता मंगलबार गरेपनि सम्झौता पत्र हस्तान्तरण भने ०७९ साउन ७ गते गर्ने कार्यक्रम राखिएको उक्त सम्झौता पत्रमा उल्लेख छ ।
सरस्वती माध्यमिक बिद्यालयले तत्कालको अबस्थामा सोहि बिद्यालयको ४ बिगा जग्गामा अस्थायी संरचना निर्माण गरि बिद्यालय व्यवस्थापन गर्दै छ उक्त बिद्यालयले स्थानान्तरणको सम्पुर्ण काम साउन ६ गते सम्म सक्ने छ ७ गते उक्त सम्झौता पत्र हस्तान्तरण गर्ने कार्यक्रम भएको मन्त्री थारुले बताएका छन् ।