साइकलमा टिकारामको च्याउ व्यापार, मासिक ३० हजार आम्दानी



साइकलमा टिकारामको च्याउ व्यापार, मासिक ३० हजार आम्दानी

भालुवाङ ३ साउन । पैसा कमाउनका लागि विदेश जानुपर्छ भन्ने छैन् । आफ्नै देशमा मेहनत र पसिना बगाउन सके विदेशमा कमाउने जतिकै पैसा स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरणीय व्यक्तिहरु हाम्रै समाजमा रहेका छन् ।

दाङको गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीका टिकाराम सुनार २७ वर्ष भारतको हरियानामा बसेर काम गरे तर उनले भने अनुसारको पैसा कमाउन सकेनन् । त्यहाँ रहदा पैसा कमाउन नसके पछि उनी अहिले साइकलमा च्याउ व्यापार सुरु गरेका छन् । च्याउ बेचेर उनले मासिक ३० हजार बढी कमाउने गरेका छन् ।

टिकाराम विहान ४÷५ बजे उठ्छन् अनि साइकलमा च्याउको क्यारेट राखेर बिक्री गर्न हिड्छन् । उनको दैनिकी यसरी नै बित्ने गरेको छ । उनले बिक्री गर्ने गरेको च्याउ आफुले उत्पादन गरेको पनि होइन बुटवलबाट डल्ले च्याउ र सतवरियाबाट पराले च्याउ गरी दैनिक ५÷२० किलो मगाउँछन् र बिक्री गर्छन् ।घरबाट च्याउ लिएर भालुवाङ सम्म नपुग्दै उनको च्याउ बाटोमै खपत हुने गरेको छ । अहिले उनलाई माग अनुसारको च्याउ पु¥याउन भ्याइ नभ्याई छ । ४ जनाको परिवार रहेको टिकारामले यिही च्याउ व्यापारबाट घर व्यवहार चलाउन निकै सजिलो भएको छ । उनी भन्छन्, पैसा कमाउन विदेश जानुपर्छ भन्ने छैन मेहनत र परिश्रम गर्नुपर्छ म जस्तै पैसा नेपालमै कमाउन सकिन्छ । म पनि भारतमा ड्राइभिङको काम २७ वर्ष सम्म गरे तर केहि प्रगति भएन अन्तत नेपालमै आएर च्याउ व्यापार सुरु गरे यसैमा म सन्तुष्ट छु उनले भने, उनले बिक्री गर्ने च्याउको एक पोकालाई १०० रुपैयाँ पर्छ ।उनले गढवा देखि भालुवाङ र कालाकाटे देखि बेला सम्म च्याउ बिक्री गर्ने गरेका छन् । ४७ वर्षिय टिकारामको जागर उत्तिकै छ । च्याउ बिक्री गर्ने उनको सिप पनि छ । नकिन्ने ग्राहकलाई पनि किनु किनु पार्ने जादु उनी भित्र छ । टिकाराम जस्तै हरेक युवाले कुनै न कुनै व्यवसायी नेपालमै गर्ने हो भने सवै नेपाली आत्मनिर्भर भई देशको अर्थतन्त्रमा समेट टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे