सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी श्रीमती पक्राउ



सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङकी श्रीमती पक्राउ

काठमाण्डाै ३ साउन । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाकाे ठगी प्रकरणमा संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) पक्राउ परेकी छन् ।

ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराधमा फरार रहेकी शाक्यलाई नेपाली प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबीले) आज मङ्गलवार पक्राउ गरेकाे हाे । उनलाई काठमाण्डाैकाे रामशाहपथबाट पक्राउ गरिएकाे ब्युराेका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महताेले जानकारी दिए ।

साेल्टीमाेडमा रहेकाे सहकारीले आकर्षक ब्याज दर एवम् विभिन्न प्रलोभन देखाइ ठूलो सङ्ख्यामा बचतकर्ताकाे रकम ठगी गरेका थिए । सहकारीले पाँच अर्ब ८४ कराेड ४० लाख २१ हजार सात सय १३ रुपैयाँ ठगी गरेकाे भन्दै १५ सय ३० जना पीडितले आफूहरूले तीन वर्षदेखि बचत गर्दै आएकाे रकम ठगी गरेकाे भन्दै इच्छाराज तामाङ सहित १२ जनाविरुद्ध सीआईबीमा जाहेरी दिएका थिए ।

जाहेरी दर्खास्तकाे आधारमा अनुसन्धान सकिएपछि पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी गएकाे मङ्सिर १७ गते काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस मुद्दामा इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे