पहरूवा- भुल्के जोड्ने सात सय मिटर बाटो कालोपत्रे



पहरूवा- भुल्के जोड्ने सात सय मिटर बाटो कालोपत्रे

सिसहनियाँ ३ साउन । दोलाई खोला, पहरूवा हुँदै भुल्के जोड्ने बाटोलाई कालोपत्रे गरिएको  भएको छ । दाङको राप्ती गाउँपालिका ५ को दोलाई खोला देखि उत्तर दक्षिण पहरूवा गल्ली हुँदै भुल्के जोड्ने ७ सय मिटर बाटो कालोपत्रे गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको ४० लाख र राप्ती गाउँपालिकाको ४० लाख गरि कुल ८० लाखको समपुरक बजेटबाट इजी कन्स्ट्रक्सन प्रालिले सो बाटो कालोपत्रे गरेको इन्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

बाटो कालोपत्रे भएपछि पहरूवा, भुल्के, पत्थरगढवा, सगरापुर, बगरापुर लगायतका स्थानीयलाई आवतजावतमा सहज भएको छ । यस अघि बाटो कालोपत्रे नहुँदा वर्षामा हिलो र गर्मीमा धुलो उड्ने समस्या रहेको थियोे । दोलाई खोला देखि पहरूवा हुँदै भुल्के पुग्ने बाटो करिव ३/४ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे