कमैया मुक्तिको २२ बर्ष पुरा, विधि सम्बत ढंगले भूमि समस्या समाधान गर्छौं : शर्मा



कमैया मुक्तिको २२ बर्ष पुरा, विधि सम्बत ढंगले भूमि समस्या समाधान गर्छौं : शर्मा

भालुवाङ २ साउन । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले गाँस, बास मात्रै नभएर शिक्षा, स्वास्थ्य रोजगार अनिवार्य रुपमा सुनिश्चित हुनुपर्ने बताएका छन् ।

२२ औं मुक्त कमैया दिवसको अवसरमा सोमवार लमहीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले समाज रुपान्तरणको अभियानको रुपमा मुक्त कमैया दिवसलाई लिएको उल्लेख गरे ।

‘गासबास मात्रै भएर शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गरिनुपर्छ’उनले भने–‘कमैया मुक्त गौरवको कुरा हो, यो समाज रुपान्तरणको अभियान हो ।’

मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
मन्त्री थारुले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीले उठाएका गुनासा जायज भएको बताए । लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतमले वर्तमान सरकारले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीको समस्या समाधानमा गम्भिर नभएको आरोप लगाइन् ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी लगायतले प्रतिबद्धता मन्तब्य ब्यक्त गरेका थिए । तुलसा चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गणेशराम चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे