देउखुरीको बराखुट्टी स्थित मकैबारीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला



देउखुरीको बराखुट्टी स्थित मकैबारीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला

भालुवाङ २ साउन । दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो ।

गत असार ३० गते घरबाट निस्केका ती वृद्ध आज सोमबार विहान घर देखि २/३ सय मिटरको दुरीमा रहेको मकैबारीमा स्थानीयले फेला पारेका थिए ।  ती वृद्धको लडेर मृत्यु भएको हुन सक्ने राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् ।

सडेर गन्ध आइरहेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । ती वृद्धको हात, खुट्टा कुहिसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । यो समाचार प्रशिक्षार्थी पत्रकार हुमा सुनारले पठाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे