विद्यार्थीहरूमा हरियो चुरा र मेहेन्दीको मोह



विद्यार्थीहरूमा हरियो चुरा र मेहेन्दीको मोह

सिसहनियाँ २ साउन । साउन महिना लागे सँगै विद्यार्थी छात्राहरूमा पनि हरियो चुरा र मेहेन्दी लगाउने रहर बढेर गएको छ । विवाहितहरूले हरियो चुरा, पोते, मेहेन्दी साडी लगाउने गर्दछन् भने अविवाहित महिलाहरूले हरियो चुरा र मेहेन्दी लगाउने गरेका छन् ।

यस प्रकारको संस्कृती राम्रो भएपनि विद्यार्थीहरूलाई भने यसले नकारात्मक असर पर्ने अभिभावकहरूको बुझाई छ ।

सोमबार दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा गरिएको अनुगमनमा अधिकांस छात्राहरु चुरा र मेहन्दीमा सजिएर स्कुल गएको पाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य छविलाल विएमले संस्कृतीका नाममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यस्ता कार्य बन्द गर्नुपर्ने बताएका छन् । त्यस्तै अनुगमनको समयमा विद्यालयमा पुगेकी राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलामपती चौधरीले शिक्षा क्षेत्रमा १० कक्षासम्म निशुल्क, जेहेनदार र छात्रबृतीमा नाम निकाल्ने विद्यार्थीहरुलाई छुट्टै बजेट छुट्याएको बताइन । गाउँपालिकाबाट शिक्षामा ५ करोड ९० लाख बजेट छुट्टयाइएको छ, उनले भनिन् जसबाट शिक्षकलाई तलव, पाठ्य पुस्तकहरुको वितरण गरिने छ ।

मावि तह शिक्षक संयोजक रामकृष्ण पौडेलले विद्यार्थीकमा परेको यस्ता प्रभाव कम गर्नुपर्ने बताए । उनले भने यो पुजिवादी पश्चिमेली गलत, छाडा संस्कृतीको उपज रहेको र जानिदो कुराले गलत संस्कृती अङ्गालेको छ । यस सङ्क्रान्ति बिशेषगरी लुतो फाल्ने संस्कृतीको पहिचानको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

शिक्षक शर्माले विद्यालयमा विद्यार्थीहरु शिक्षा हासिल गर्न आउने हो । विद्यालयमा बाहिरी सिङागर लगाएर आउन नमिल्ने बताए । यस्ता कुराहरु कम गर्न विद्यालयमा सिगांरलाई बन्देज गर्नुपर्न, विभिन्न प्रयोगात्मक कार्यमा विद्यार्थीहरुलाई लगाउनु पर्नेमा जोड दिएका छन् ।

विद्यार्थीलाई सकारात्मक र रचानात्मक क्रियाकलापको साथै सादा जीवन उच्च विचारको अवधारणसहित सामान्य व्यक्ति भएर विद्यालयमा उपस्थित गराई ज्ञान, सिप र क्षमताको विकास गर्नुपर्ने शिक्षक विनोद कुमार गुप्ताले बताए ।
(पशिक्षार्थी पत्रकार सिर्जना थापा र निशा कुमारी चौधरीले समाचार पठाएका हुन्।)

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे