पिपरी खोलामा बनेको तट‌बन्धन वर्ष दिन नपुग्दै भत्कियो



पिपरी खोलामा बनेको तट‌बन्धन वर्ष दिन नपुग्दै भत्कियो

पिपरी २९ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी खोलामा निर्माण गरिएको तटबन्धन हालै आएको बाढीले भत्काइ दिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रपति चुरे संरक्षणको कुल ३० लाख बजेटबाट निर्माण गरिएको तार जाली सहितको तटबन्धन वर्ष दिन नपुग्दै भत्किएको हो । तट‌बन्धन भत्किएपछि त्यस ठाउँकाे कोहलुवा गाउँ डुवानमा पर्ने चिन्ता त्यहाँका स्थानीयहरूमा रहेको छ ।

समयमा तटबन्धन नबन्ने हो भने यसले ठुलो धनजनको क्षेतीसँगै मानवीय क्षेती समेत हुन सक्ने स्थानीय भानु विकले जानकारी दिएका छन् । यस विषयमा उपभोक्ता समितिका अध्यक्ष इमानसिङ कार्की सँग सोधपुछ गर्दा कार्कीले त्यस ठाउँमा दलदले माटो भएको कारण पनि तटबन्ध भत्किएको हुन सक्ने बताए ।

तटबन्ध भत्किदा आफू स्वयम दुखी भएको बताउँदै उनले तत्काल पुन भत्किएको ठाउँमा तटबन्ध गर्ने यदि कारणबस वर्षाले साथ नदिए हिउँद सम्म निर्माण गर्ने बताएका छन् । यो समाचार प्रशिक्षार्थी पत्रकार कमला गिरी र संगिता भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे