अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले बनायो समानान्तर समिति



अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले बनायो समानान्तर समिति

काठमाडौं १८ असार । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको छ । शनिबार असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

समितिले विधान वमोजिम कारबाही गराउन र सम्मेलनको तयारीका लागि काम गर्ने असन्तुष्ट समूहका सदस्य बालकुमार केसीले बताए । कार्की पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए ।

समानान्तर गतिविधि गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीसहितका नेता कार्यकर्तालाई कारबाही गरेको थियो । तर यो पक्षले अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विधान विपरीत गतिविधि गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे