गठबन्धनका वडाध्यक्ष उपस्थित नभएपछि तुलसीपुरको कार्यपालिका वैठक बस्न सकेन



गठबन्धनका वडाध्यक्ष उपस्थित नभएपछि तुलसीपुरको कार्यपालिका वैठक बस्न सकेन

तुलसीपुर ६ असार । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका बैठक सोमबार दिउँसो तीन बजे बस्ने भएको छ । सोमबार विहान ८ बजे बस्ने भनिएको बैठक स्थगित गरी दिउँसो तिन बजेका लागि समय सारिएको नगर प्रवक्ता माधव वलीले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम माथी आवस्यक छलफल गर्नुपर्ने र सत्तागठबन्धनका वडा अध्यक्षहरु उपस्थित नभएका कारण विहानको बैठक दिउँसोका लागि सारिएको वलीले जानकारी दिए । आगामी वर्षको निति तथा कार्यक्रममा पर्याप्त छलफल गर्ने समय नभएकाले थप छलफल गर्नु पर्ने भएकाले विहानको बैठक स्थगित गरिएको हो ।

सोमबार बस्ने कार्यपालिका बैठकमा निति तथा कार्यक्रम माथी छलफल, सामी परियोजनाको कार्यक्रम लागु हुने वडा छनोट लगायतका विषयसुची रहेको उनले जानकारी दिए । साथै नगर प्रमुख टिकाराम खड्काले सोमवार विहान बस्ने भनिएको बैठकमा सत्तागठन्धनको वडा अध्यक्षहरु उपस्थित नभएपछि यस बारेमा समेत जानकारी लिने र छलफल गर्ने तयारी गरेको नगरप्रवक्ता वलीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १० गते वजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे