तुलसीपुर विद्युत प्राधिकरण वितरण केन्द्रमा लगाइएको ताला खुल्याे



तुलसीपुर विद्युत प्राधिकरण वितरण केन्द्रमा लगाइएको ताला खुल्याे

दाङ ५ असार । दाङको तुलसीपुर स्थित विद्युत प्राधिकरण वितरण केन्द्रमा लगाईएको ताला खोलिएको छ । कार्यालय प्रमुख ज्ञान बहादुर फर्सालले बिशेष सिस्टममा हुने प्राकृतिक,प्राबिधिक फल्ट तथा लाईन मर्मत गर्दा अबरुद्ध भएमा बाहेक अन्य समयमा नियमित सूचारु गर्ने लिखित प्रतिबद्धता जनाएसंगै ताला खोलिएको हो ।

विहान साढे १० बजेतिर विद्युत कार्यालयमा तालाबन्दी गरिएको हो । तुलसीपुरका उपभोक्ताहरुले नियमित रुपमा विद्युत सूचारु गर्न माग गर्दै तालाबन्दी गरेका थिए । उक्त ताला विहान साढे ११ बजेतिर खुलेको हो । साथै विद्युत नियमित गर्न माग गर्दै तुलसीपुर उद्योग बाणिज्य संघले ज्ञापन पत्र पनि बुझाएको छ । पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत अनियमित हुने हुँदा उपभोक्ताहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे