एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरद्वारा स्वागत तथा सम्मान



एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरद्वारा स्वागत तथा सम्मान

राजपुर ५ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुर गाउँ कमिटीद्वारा नेकपा एमाले पार्टीबाट नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम शनिबार राजपुर-२ बेलामा सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरका अध्यक्ष दिल्लीबहादुर चौधरीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला कमिटीका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सचिव बुढाथोकीले पार्टीको सिधाान्त र एजेन्डा अनुसार जनताको हितमा काम कार्य गर्न नव निर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरे ।त्यस्तै बुढाथोकीले राजपुर गाउँपालिकामा यस अघि एउटा वडा सदस्य पनि नजितेको गाउँपालिकामा अहिले वडा नम्बर १ र ५ मा जित हत पर्न सफल भएकोमा राजपुर गाउँ कमिटीलाई धन्यवाद व्यक्त गरे । यस्तै उनले नव निर्वाचित जनप्रतिनिधिलाई आगामी दिनमा अन्य वडा पालिका भन्दा फरक ढंगले वडाका नागरिकलाई सहज र सरलहुने गरि विकास निर्माणका कार्य गर्न अनुरोध गरे ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा निवर्तमान गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ जिल्ला सचिवालय सदस्य तथा देउखुरीका संयोजक ज्ञानहरि रिजाल, नेकपा एमाले राजपुर गाउँकमिटीका अध्यक्ष हेमकुमार जिसी, नव निर्वाचित राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्ट, वडा नम्बर १ का अध्यक्ष सुर्यप्रसाद चौधरी लगायतका वक्ताले बोलेका थिए ।

सो अवसरमा अहिले राजपुर गाउँपालिकाले वडामा आर्थिक वर्ष २०७९/०८० लागि जम्मा २२ लाखको बजेट सिलिङ पठाएको हुँदा उक्त बजेटको विषयमा पनि विशेष छ्लफल भएको नेकपा एमाले राजपुर गाउँ कमिटीका अध्यक्ष हेमकुमार जिसीले जानकारी दिए । यस अघि वडाहरुमा एक करोड बढी बजेट विनियोजन हुने गरेको थियो तर अहिले वडा अध्यक्षलाई केही जानकारी छैन,गाउँपालिकाले आफ्नो मन खुशीले बजेटको सिलिङ बनाएर पठाएको अध्यक्ष जिसीले बताए ।

त्यस्तै यस विषयमा गढवा गाउँपालिकाका निवर्तमान अध्यक्ष सहजराम यादवले कुनै पनि वार्षिक रुपमा बजेट विनियोजन गर्दा सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई पहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले पत्राचार गरेर बजेट सम्बन्धि व्यापक छलफल गरेर मात्र विनियोजन गर्नु पर्ने बताए ।

यसैगरी उक्त स्वागत तथा सम्मान कार्यक्रममा स्थानीय सरकार संचालन एन सम्बन्धि नेपाल प्रगतिशील कानुन व्यवसायी संघ दाङ जिल्लाका सदस्य मेघराज लम्सालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई अबिर लगाइ खादा ओढाएर भव्य सम्मान गरिएको थियो भने उक्त कार्यक्रमको संचालन नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरका शिक्षक धरमराज यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे