पश्चिम दाङकाे बबईमा नवनिर्मित पुल उद्घाटन नहुँदै जाली भत्कियो



पश्चिम दाङकाे बबईमा नवनिर्मित पुल उद्घाटन नहुँदै जाली भत्कियो

दाङ ५ असार । पश्चिम दाङको बबई नदिमा नवनिर्मित पक्की पुलको उदघाटन नहुँदै जाली भत्किएको छ । बबई ७ मठेउरा देखि रावततरा जोड्ने पक्की पुलको सुरक्षाको लागि लगाएको जाली केहिदिन अघि आएको बर्षाले भत्काएको छ । रावततरा साइड नेर पक्की पुलको सुरक्षाको लागि लगाएको जाली भत्किएको हो ।

सामान्य बर्षातले जाली भत्काएको हुँदा पुलको सुरक्षाका लागि लगाइएको जाली मापदण्ड अनुसार नभएको हुन सक्ने स्थानीयको भनाई छ । वर्षा मौषमको सुरुवात नहुदै नवनिर्मित पुलको जाली भत्किएको हुँदा सम्बन्धित निकायले यस तर्फ ध्यान स्थानीयबासीले आग्रह गरेका छन् । पक्की पुल केहि महिना अघि सम्पन्न भएको हो । तर पुल उदघाटन गरिएको छैन् । गाडि मोटर भने चल्न सुरु गरिसकेका छन् ।

२०७२ साल देखि निर्माण सुरु भएको पक्की पुल केहि महिना अघि मात्र सम्पन्न भएको हो । २०७३ सालको बाढीले पुल बगाएपछि फेरी नयाँ डिजाइन पुल निर्माण गरिएको थियो । ढिला गरी निर्माण भएको पक्की पुल पनि जाली भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे