मन्त्री आलेको अपराधले सीमा नाघ्यो, नेपाल एयरलाइन्सका अध्यक्षमाथि मा..मू.. गर्दै कार्यकक्षमै हातपात



मन्त्री आलेको अपराधले सीमा नाघ्यो, नेपाल एयरलाइन्सका अध्यक्षमाथि मा..मू.. गर्दै कार्यकक्षमै हातपात

काठमाडौं ३ असार । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुभएको छ । फोहोरी गाली गर्दै मन्त्री आलेले कुटपिट गर्नुभएको हो । अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको अडियोअनुसार मन्त्री आलेले सुन्नै नसकिने अपशब्द पनि प्रयोग गर्नुभएको छ । अडियोमा प्रस्टै सुन्न सकिन्छ।

पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो संख्यामा आफूले पठाएका व्यक्तिलाई जागिर दिन निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशनअनुसार अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र केहीलाई लगाउने प्रक्रियामा रहेको थियो ।

पहिलो धम्की : फोनबाट
केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे। अधिकारी : हेलो। आले : हेलो। अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार। आले : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न। अधिकारी : किन नि ! के गरिनँ र ?

आले : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील शब्द) गर्ने सोमबारसम्म। अधिकारी : होइन, उ… माग्नुपर्‍यो नि त्यो तलबाट। आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन। अधिकारी : … यति–यति चाहियो भनेर। आले : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब।

कार्यकक्षमै

अधिकारी स् मन्त्रीज्यू, नमस्कार। आले स् मोबाइल स्विच अफ गर तेरो पहिला। स्विच अफ गर । (खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ।) आले स् चोर… (अति अश्लील शब्द)। के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस तैंले ? के गर्छस ? ।।। (अति अश्लील शब्द)। (डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ)

अस्पष्ट आवाज ः मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्। तेस्रो व्यक्तिको आवाज सुनिन्छ । मन्त्रीज्यू प्लिज।… मन्त्रीज्यू नगर्नुहोस्। आले : सेन्टरमा तान्दिन्छु भोलि। … (अति अश्लील शब्द)। अधिकारी : मिलाउँछु भनिसकेँ त। आले : तैंले के गर्छस ? अधिकारी : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त। आले : कति चोटि भन्ने : कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ? (केही अस्पस्ट कर्‍याक–कर्‍याक आवाज आउँछ। सम्भवत : मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन्।)

साभार अन्नपूर्ण पोष्ट

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे