राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँका स्थानीयहरूको बत्ती बाल्ने सपना पूरा हुँदै



राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँका स्थानीयहरूको बत्ती बाल्ने सपना पूरा हुँदै

सिसहनियाँ २९ जेठ । राप्ती गाउँपालिका वडा नम्बर ५ को पहाडी गाउँका स्थानीयहरूको बत्ती बाल्ने सपना पूरा हुँदै छ । एक्काइसौं सताब्दीमा आएर पनि टुकीको भरमा रात विताउन बाध्य करङ्गेकोट, चित्रीकोट, थकरीकोट र घोम्लेआँप लगायतका गाउँमा विधुत विस्तार भइरहेको छ । भने कतिपयको घरमा बत्ती समेत बालिसकेका छन् ।

स्थानीय तहमा नयाँ सरकार आए लगत्तै ती गाउँमा विधुत विस्तार हुन लागेको हो । राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट अध्यक्ष पदमा प्रकाश विष्ट विजय भएपछि घोषणापत्रको पहिलो काम कार्यान्वयनको चरणमा गएको छ ।

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले
राप्ती गाउँपालिका भित्रका प्रत्येक गाउँटोलमा पुर्ण बिधुतीकरण गर्ने कार्यक्रम बनेको थियो । लमही विद्युत कार्यालयका आउट फिल्ड ओवीराम केसी र अग्नु चौधरीको नेतृत्वमा अहिले घरघरमा लाइन र मिटर बक्स जडान भइरहेको छ।

गाउँका स्थानिय जनताहरुले पनि सहयोग गरिरहेका छन् । बर्षौ देखिको उज्यालोमा रमाउने सपना देखेका त्यहाँका जनताहरु खुसी समेत भएका छन् ।

सोही गाउँमा विद्युत जडान गर्न माग गर्दै निरन्तर लमही विद्युत कार्यालयमा डेलिकेसन गएका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, नेकपा माओवादी केन्द्र लमहीका इन्चार्ज बसन्त शर्मा बिक्रान्त, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज चित्रबहादुर थापा मगर, वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, राप्ती गाउँपालिका मगर मुक्ति मोर्चाका अध्यक्ष मनोज दर्लामी मगर, सचिब शान्तराज बुढा मगर र सामाजिक अभियान्ता पार्टीको क्रियासिल युवा नेता सन्तराम सारु मगरको निरन्तर प्रयासमा अहिले सो काम भइरहेको छ ।

बिजुली बत्ती बाल्न पाउने जनताको नैसर्गिक अधिकार भएकाले आफ्नो कार्यकालमा राप्तीका सबै गाउँटोलमा बिजुली बत्ती जडान गर्ने अध्यक्ष प्रकाश बिष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे