क्यान्सर पिडित लमल विश्वकर्मालाई स्वदेश र विदेशबाट आर्थिक सहयोग



क्यान्सर पिडित लमल विश्वकर्मालाई स्वदेश र विदेशबाट आर्थिक सहयोग

भालुवाङ २८ जेठ । क्यान्सर पिडित लमल विश्वकर्मालाई स्वदेश तथा विदेशबाट आर्थिक सहयोग रकम जुट्न सुरु गरेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी क्यान्सर पिडित विश्वकर्मालाई शुक्रवार मात्रै २७ हजार ३९ रूपैयाँ सहयोग प्राप्त भएको छ ।

आर्थिक सहयोग गर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी हाल मलेसियामा रहेका कृष्णप्रसाद आचार्यको नेतृत्वमा उनका साथीभाईहरूबाट संकलित १८ हजार ४ सय २० रूपैयाँ, सिरिचाैर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष तथा नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर ३ वडा कमिटीका सदस्य मसुरीया निवासी मधुसुधन पाैडेलले ५ हजार १ सय,लमही नगरपालिका वडा नम्बर ४ का तनबहादुर खत्रीले १ हजार ५ सय, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका प्रध्यापक गगन शर्माले १ हजार ५, राप्ती गाउँपालिका वडा नम्बर ३ प्रगतिनगर टोल निवासी मधुप्रसाद पोख्रेलले ५ सय ५ र राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी सावित्रा थापाले ५ सय रूपैयाँ उपचारका लागि सहयोग गरेका छन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य जगत प्रसाद पोख्रेल, एमाले राप्ती गाउँपालिका वडा नम्बर ३ वडा कमिटीका  सचिव सन्तोष अधिकारी, सिरिचाैर खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष तथा नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर ३ वडा कमिटीका सदस्य मधुसुधन पाैडेल, पत्रकारहरू ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

लामो समय देखि आन्द्राको क्यान्सरबाट ग्रस्त विकको ज्यान बचाउन चाहानेले सिभिल बैंकमा लमल बहादुर कामीको नाममा खोलिएको ०८५१०६४८८०३०१७ खातामा सहयोग रकम दाखिला गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे