बड्घर प्रथालाई कानुनी मान्यता दिन कार्यविधी बनाउन आवश्यक छ : अध्यक्ष विष्ट



बड्घर प्रथालाई कानुनी मान्यता दिन कार्यविधी बनाउन आवश्यक छ : अध्यक्ष विष्ट

भालुवाङ २८ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बड्घर प्रथालाई कानुनी मान्यता दिन कार्यविधी बनाउन आवश्यक रहेको बताएका छन् । थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिले शुक्रवार राप्ती गाउँपालिका ८ पिपरीमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

त्यस्तै अध्यक्ष विष्टले थारु समुदायको पुराना संस्कार, संस्कृतिको संरक्षण गर्न गाउँपालिका सकरात्मक रहेको बताएका छन् । उनले विद्यालय स्तरमा अंग्रजी विषय भन्दा मातृ भाषाको पढाई आवश्यक रहेको समेत बताएका छन् ।

इकाई समितिका सभापती लिलागम्भीर चौधरीको अध्यक्षता एवम् थारु कल्याणकारिणी सभाका क्षेत्रिय उपसभापती गोकुल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई फूल माला र टिका लगाएर स्वागत गरेका थिए । इकाई समितिका उपसभापती नेत्रराज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे