राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले स्वास्थ्य शिविरमा आफै विरामी चेकजाँच गरे



राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले स्वास्थ्य शिविरमा आफै विरामी चेकजाँच गरे

भालुवाङ २३ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले निशुल्क स्वास्थ्य शिविरमा विरामीको आफै चेकजाँच गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ३ ले आयोजना गरेको वडा स्तरमा स्वास्थ्य शिविर उद्घाटन गर्न पुगेका अध्यक्ष विष्टले बिरामी जाँच गरेर सेवा दिएका छन् ।

‘म स्वास्थ्यकर्मी पनि हुँ । जनप्रतिनिधि हुनु अघि गाउँ गाउँमा निःशुल्क शिविर लगेर पुग्थे । अहिले आफै शिविर आयोजना गर्ने ठाउँमा पुगेको छु’ उनले भने-‘राप्ती गाउँपालिकामा स्वास्थ्य उपचारमा कसैलाई पनि असजिलो नहोस भन्ने योजनाका साथ काम गर्दैछौं ।

सिसहनियाँ र लालमटिया स्वास्थ्य चौकीमा २४ घण्टा ईमरजेन्सी सेवा सहित बिशेषज्ञ सेवा दिने योजनाका साथ काम अघि बढाएको उनले सुनाए ।

जहाँका नागरिकको स्वास्थ्य उपचारमा पहुँच छैन । त्यस्तो ठाउँमा समय समयमा निःशुल्क स्वास्थ्य शिविर र औषधी वितरण गरिने छ । त्यस्तै उने आफ्नो डाक्टर आफै बन्ने अभियान चलाउने पनि उनले बताएका छन् ।

वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा २ सय १५ जना विरामीले सेवा लिएका थिए । जसमा ढाड कम्मर दुख्ने, टाउको दुख्ने, फोक्सोका विरामीले सेवा लिएका थिए शिविरमा डा. पुष्प भुसाल, डा. रेगनसिंह थापा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे