शिवसवरीधाममा सञ्चालित बत्ती प्रज्वलनको तेस्रो दिनमा मात्र ४० हजार बढी दान संकलन



शिवसवरीधाममा सञ्चालित बत्ती प्रज्वलनको तेस्रो दिनमा मात्र ४० हजार बढी दान संकलन

सिसहनियाँ २३ जेठ । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवामा सञ्चालित ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन कार्यक्रमको तेस्रो दिनमा मात्र ४० हजार ४५ रूपैयाँ दान संकलन भएको छ ।

केन्द्रको नवाैं स्थापना दिवसको अवसरमा विश्व शान्तिका लागि आयोजित बत्ती प्रज्वलन कार्यक्रममा सोमबार दिउँसो सम्म सो रकम संकलन भएको हो ।

जस अनुसार राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँ निवासी सुरजमणी चाैधरीबाट ४ हजार ४, लमही नगरपालिका २ रनियापुर निवासी तुलारामी चाैधरीबाट ३ हजार २५ रूपैयाँ, लमही ४ निवासी अगवती चाैधरीबाट ३ हजार, घोराही १७ निवासी रमा चाैधरीबाट ३ हजार २०, घोराही १३ निवासी विरबहादुर रोकाबाट ३ हजार रूपैयाँ आजिवन सदस्य तथा दान स्वरूप प्राप्त भएको  सचिवालय प्रमुख ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

त्यस्तै घोराही १५ निवासी बालिका घर्ती मगर ३ हजार, घोराही ५ निवासी सुरज रोकाबाट ३ हजार, घोराही १३ पवित्रा थापाबाट ३ हजार १ सय ५ रूपैयाँ आजिवन सदस्य तथा दान स्वरूप प्राप्त भएको  सचिवालय प्रमुख गुप्ताले जानकारी दिएका छन् ।

यसै बिच आज बत्ती प्रज्वलन कार्यक्रमको तेस्रो दिन बेलुका ७ बजे देखि राति १० बजे सम्म कथा बाचन, संगितमय भजन, झाँकी देखाइने कार्यक्रम संयोजक मिश्रुलाल चाैधरीले जानकारी दिएका छन् ।

कार्यक्रमको अन्तिम दिन जेठ २५ गते बेलुका ७ बजे एकै पटक ३ करोड बढी बत्ती प्रज्वलन गरिने बताइएको छ । ५ दिन सम्म सञ्चालन हुने कार्यक्रममा प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेलले संगितमय शैलीमा कथा वाचन गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे