बिरुवा रोपेर राप्ती गाउँपालिकाले विश्व वातावरण दिवस मनायो



बिरुवा रोपेर राप्ती गाउँपालिकाले विश्व वातावरण दिवस मनायो

भालुवाङ २२ जेठ । दाङको राप्ती गाउँपालिकाले बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ ।

दिवसका अवसरमा आइतबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको परिसर मसुरीयामा आँपको बिरुवा रोपेर दिवसको सुभारम्भ गरेका थिए ।

त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष जगतबहादुर थापा, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका अध्यक्ष श्यामेश चाैधरी, गाउँपालिकाका सुचना अधिकारी विश्वास विक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, हिको संस्थाका उपाध्यक्ष गरिवु चाैधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतले बिरुवा रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे