राजस्थान ६० रनले हार्यो कोलकाता सँग
काठमाडाै १७ कार्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति दुबईमा भएको खेलमा कोलकाता नाइट राइडर्सले शानदार जित दर्ता गरेको छ । कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको हो ।
१९२ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा मात्रै १३१ रन बनाउन सक्यो । उसका लागि जोस बट्लरले ३५, राहुल तेवाटियाले ३१, श्रेयस गोपालले २३ तथा बेन स्टोकले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोलकाताका प्याट कमिन्सले मात्रै ३४ रन खर्चेर चार विकेट लिए । यस्तै शिभम मावी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले कप्तान इयान मोर्गनको नटआउट ६८ रनको सहयोगमा सात विकेटको क्षतिमा १९१ रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ३९, शुबमन गिलले ३६, आन्द्रे रसेलले २५ तथा प्याट कमिन्सले १५ रनको योगदान दिए ।
जितपछि चौथो स्थानको कोलकाताको १४ खेलबाट १४ अंक भएको छ । एक खेल कम खेलेका दोस्रो र तेस्रो स्थानका रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सको पनि समान १४ अंक रहेको छ ।