मूल्य वृद्धि फिर्ता लिन एमाले राप्ती गाउँपालिका कमिटीद्वारा सरकार सँग माग



मूल्य वृद्धि फिर्ता लिन एमाले राप्ती गाउँपालिका कमिटीद्वारा सरकार सँग माग

भालुवाङ ९ जेठ । नेकपा एमाले राप्ती गाउँ कमिटीले तत्काल पेट्रोलियम पदार्थ र एलपी ग्याँसमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकार सँग माग गरेको छ ।

पार्टीका सचिव भरतमणी न्याैपानेले सोमबार एक विज्ञप्ति जारी गरि यस्तो माग गरेका हुन् ।
सरकारले नेपाली जनताको ढाँड सेक्ने गरी विभिन्न खाद्य सामग्रीमा मूल्य वृद्धि गरेको सर्वविदितै छ ।

तर आइतबार राती देखि लागु हुने गरि खाना पठाउने एलपी ग्याँसमा प्रति सिलिन्डर २०० रूपैयाँ र पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरी यो सरकार जनता प्रति जवाफदेही नभएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे