सेवाग्राहीलाई छिटो,छरितो र मुस्कान सहितको सेवा प्रवाह गर्न कर्मचारीलाई अध्यक्ष विष्टको निर्देशन



सेवाग्राहीलाई छिटो,छरितो र मुस्कान सहितको सेवा प्रवाह गर्न कर्मचारीलाई अध्यक्ष विष्टको निर्देशन

भालुवाङ १० जेठ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले सम्पूर्ण कर्मचारीरूलाई छिटो, छरितो र मुस्कान सहितको सेवा दिन निर्देशन दिएका छन् ।

सोमबार गाउँपालिकाको कार्यालय मसुरीयामा आयोजित स्वागत, बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै सो निर्देशन दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलापती चाैधरीले कर्मचारी र जनप्रतिनिधि नङ र मासुको सम्बन्ध रहेको र आगामी दिनमा पनि कर्मचारी सँग सहकार्य, समन्वय र सहयोगको पूर्ण अपेक्षा राख्दै राप्तीवासीलाई सरल र सहज रुपमा सेवा दिन आफु लागिरहने बताएकी थिइन् । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे