राप्ती गाउँपालिकाका ७ जना वडा अध्यक्षद्वारा एकै दिन पदभार ग्रहण



राप्ती गाउँपालिकाका ७ जना वडा अध्यक्षद्वारा एकै दिन पदभार ग्रहण

सिसहनियाँ ९ जेठ । स्थानीय तहमा निर्वाचित देशैभरका जनप्रतिनिधिहरुले सपथ ग्रहण संगै आफ्नो कार्यभार ग्रहण गरिरहेका छन् । अघिका जनप्रतिनिधिको पदावधी सकिए संगै मतगणना सम्पन्न भएका स्थानमा सपथ ग्रहण संगै पदभार ग्रहण गरेका छन् ।

यस्तै स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित राप्ती गाउँपालिकाका ७ वटा वडाका वडा अध्यक्षहरूले एकै दिन पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्नेहरूमा वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी ( अनुप ), वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ रहेका छन् ।

पदभार ग्रहण गर्ने वडा अध्यक्षहरूले कृषि, स्वास्थ्य, शिक्षा र पुर्वधार विकासको योजनालाई महत्व दिएर काम गर्ने बताएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर १ बाट स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष गेमबहादुर खड्काले गाउँको विकासमा आफू निरन्तर जुट्ने बताए ।
आफ्नो सुरुवाती चरणमा असहाय अपाङगता भएमा ब्यक्तीले वडाबाट पाउने सेवा सुबिधालाई घर घरमा पुयाउने र आर्को जटिल समस्या दाङ जिल्लाको प्रबेसद्धार भालुबाङको राप्ती नदीमा भएको फोहोर र भालुबाङ बजारमा भएको फोहोरलाई ब्यबस्थापन गर्नेमा आफु लाग्ने बताए ।

यस्तै पुराना जनप्रतिनीधीका अधुरा कार्यपनि पुरा गर्दै जाने बताए । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष अनुप चौधरीले जनताहरुलाई छिटो र छरितो सेवा दिने बताए । वडा नम्बर ४ का अध्यक्ष विरबहादुर चौधरीले सेवाग्राहीहरुलाई नमस्कार बाट स्वागत गर्ने र विना झन्झट कार्यालयबाट मुस्कान सहितको सेवा प्रवाह गर्ने बताए । वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरीले कार्यालयमा सेवाग्राहीलाई फोटोकपि निशुल्क गरिदिने र सहज तरिकाले सेवा प्रवाह गर्ने बताए ।

वडा नम्बर ६ का अध्यक्ष दिपककुमार चौधरी विद्यालयहरुमा शुद्ध खानेपानी, समयमा मलखाँद र स्वास्थयमा विशेष ध्यान दिने बताए । वडा नम्बर ७ का अध्यक्ष सिताराम चौधरीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा अवस्थित कृषिको मुटु मानिने राप्ती गाउँपालिका वडा नम्बर ७ को साझा समस्याको रुपमा रहदै आएको सिचाई प्रणाली व्यवस्थालाई थप सुधार र सहज बनाउने साथै साबिक सिसहनियाँ कुलोको मुहानबाट चिरुवा कुलो बनाई उक्त कुलोको मुहानलाई पचहा कुलोको मुहान सम्म निर्माण गर्ने बताए ।
र वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ सेवाग्राहीलाई प्रविधीमैत्री सेवा प्रवाह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे