भालुवाङ बजारलाई सभ्य र सुन्दर शहरको रूपमा विकास गर्छाै : अध्यक्ष विष्ट



भालुवाङ बजारलाई सभ्य र सुन्दर शहरको रूपमा विकास गर्छाै : अध्यक्ष विष्ट

भालुवाङ ८ जेठ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले दाङको भालुवाङ बजारलाई सभ्य र सुन्दर शहरको रूपमा विकास गर्ने बताएका छन् ।

आइबार भालुवाङ होटल व्यवसायी समितिले भालुवाङमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूकाे स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र पनि भालुवाङ भएको र यहि ठाउँबाट पर्यटकीय स्थल स्वर्गद्वारी जानेबाटो समेत भएकोले पनि विकसित, सभ्य र सुन्दर शहरको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

त्यसै गरि अध्यक्ष विष्टले होटल व्यवसायीहरूको व्यापार वृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै राप्ती नदीमा बोटिङ चलाउने, भालुवाङ बजार र राप्ती नदीको फोहोर तत्काल अल्पकालीन रूपमा व्यवस्थापन गर्ने, अव्यवस्थित बसपार्कलाई तत्काल व्यवस्थापन गर्ने, फुटपातका व्यापारलाई व्यवस्थापन गर्ने बताएका छन् ।

समितिका अध्यक्ष महेश बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष कमलापती चाैधरी, भालुवाङ खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षद महेश रिजाल, राप्ती गाउँपालिका वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष गेमबहादुर खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष नारायण शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे